post-slider post-slider

भारतको अर्को फड्को, चन्द्रयान–३ प्रक्षेपण

Image
A A

काठमाडौं- भारतले शुक्रबार अपराह्न एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गरेको छ। 

एउटा ‘ल्यान्डर र एउटा रोभर’ सहित अन्तरिक्षतिर जाने यो रकेटले एक अर्ब भारतीयहरूको सपना पनि बोकेको छ।

सबै कुरा योजनाअनुरूप नै भयो भने चन्द्रमाको दक्षिणी धु्र्रवमा सकुशल ‘रोभर’ पु¥याउने भारत पहिलो देश बन्ने छ। चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन।

चन्द्रमाको ध्रुवीय सहत निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौं वर्षदेखि सूर्यको प्रकाश परेको छैन।

परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात माइनस २०३ डिग्री सेल्सियससम्म छ। त्यस्तो परिस्थितिमा प्राविधिक उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुन्छ।

त्यसैले अहिलेसम्म पठाइएको सबै अभियानहरू चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए। त्यो भाग र त्यहाँको तापक्रमलाई तुलनात्मक रूपमा अनुकूल मानिन्छ।

भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिइएको आफ्नो चन्द्र अभियानलाई असफल हुन नदिन यथोचित उपाय अवलम्बन गरिएको जनाएको छ।

‘चन्द्रयान–२ मा प्रयुक्त सफलतामा आधारित प्रारूपको साटो हामीले चन्द्रयान–३ मा असफलतामा आधारित प्रारूप प्रयोग गरेका छौंं,’ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष एस सोमनाथले भनेका छन्,‘के विफल हुन सक्छ र त्यसलाई कसरी त्यसो हुन नदिने–हामीले यही बाटो अवलम्बन गरेका छौं।’

भारत किन चन्द्रमाको निष्पट्ट अँध्यारो भागमा पुग्न चाहन्छ?

भारतले पहिलोपटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो। त्यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो।

पहिलो चन्द्र अभियानका लागि भारतले ७.९ करोड अमेरिकी डलर खर्च गरेको थियो।

‘त्यहाँ कहाँ र कति पानी छ अनि त्यो सबै जमेको अवस्थामा पो छ कि भन्ने विषयमा हामीले धेरै कुरा थाहा पाउन बाँकी छ,’ शिव नादर विश्वविद्यालयसँग आवद्ध डा.आकाश सिन्हाले भने।

दिल्लीनजिकै अवस्थित यो विश्वविद्यालयमा उनी अन्तरिक्ष रोबटिक्स विषय पढाउँछन्।

‘जलभण्डारको प्रकृति र स्थान थाहा पाउनु भविष्यमा हुने हाम्रा अभियानको सफलता र जलभण्डारनजिकै बसोबासको योजना बनाउन पनि उपयोगी हुनसक्छ,’ उनी भन्छन्।

चन्द्रमाको धु्रवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ। त्यहाँको सतहको अन्वेषण गर्दा सौर्यमण्डलको निर्माणसँग सम्बन्धित रहस्योदघाटन पनि हुनसक्छ।

भारतले दोस्रो अभियान सञ्चालन गर्दा खर्च झन्डै दोबर भएर १२ करोड डलर पुगेको थियो।

सन् २०१९ को सुरूतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन सकिएको थिएन।

चन्द्रमामा त्यहाँको सतहमा घुमफिर गर्न सक्ने वाहन रोभर अवतरण र सञ्चालन गराउने तथा वैज्ञानिक प्रयोगहरू गर्ने लक्ष्यसहित अहिले भारतले चन्द्रयान–३ का लागि झन्डै ८ करोड डलर खर्च गरेको छ।

मितव्ययी प्रविधि

विगत दुई दशकमा भारतको अन्तरिक्ष कार्यक्रममा निकै विकास भएको छ। खर्च घटाउन सक्ने सामथ्र्यका कारण विश्वको ध्यान भारततिर आकर्षित भएको छ।

भारतले मंगल ग्रहलाई लक्ष्य बनाएर सञ्चालन गर्न लागेको मंगलयानको खर्च झन्डै ७.५ करोड डलर छ। त्यो नासाको म्याभन मार्स अर्बिटरका लागि छुट्टयाइएको खर्चको दशांशजति हो।

नासाले मंगल ग्रहको परिक्रमा गर्न उक्त अर्बिटर निर्माण गर्न ४८.५ करोड डलर र प्रक्षेपण गर्न १८.७ करोड डलर छुट्टयाइएको छ।

भारतका सबै अन्तरिक्ष अभियानहरूको विशेषता के हो भने ती सबै पुनः प्रयोग गर्न सकिन्छ अनि तिनका सबै अवयवहरू स्थानीय रूपमा उपलब्ध सामग्रीबाट बनाइन्छ।

यसअघिको अभियानभन्दा भिन्न चन्द्रयान–३ मा छुट्टै अर्बिटर हुने छैन। कक्षमै रहने स्याटलाइटलाई अर्बिटर भनिन्छ।

ल्यान्डर, रोभर र नियन्त्रणकक्षबीच सञ्चार गराउन यसअघि सञ्चालित चन्द्रयान–२ को अर्बिटरमै यो अभियान निर्भर हुनेछ।

इसरोका पूर्वअध्यक्ष के शिवनले भनेअनुसार कम शक्तिशाली रकेट प्रयोग गरेर पनि भारतले खर्च घटाएको छ।

 

Tags: