post-slider post-slider

जनकपुरधाम उपमहानगरपालिकाको बजेट २ अर्ब २८ करोड २३ लाख

Image
A A

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८० / ८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रूपैयाँ बराबरको बजेट ल्याएको छ।

शुक्रबार सम्पन्न नगरसभामार्फत उपप्रमुख किशोरी साहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।

उपमहानगरपाकिाले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात ४९.७८ प्रतिशत रकम विनियोजन गरिएको छ भने पुँजीगततर्फ एसियाली विकास बैंक (एडिबी) सहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात ४७.८८ प्रतिशत रकम छुट्याइएको छ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात २.३४ प्रतिशत रकम विनियोजन गरिएको छ।

आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार रूपैयाँ र बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० आम्दानी हुने प्रक्षेपण बजेटमा गरिएको छ।

उपमहानगरका प्रमुख मनोजकुमार साहको अध्यक्षतामा भएको नगरसभामा उपमहानगरपालिकाका जनप्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, एसपी विश्वराज खड्कालगायतको उपस्थिति रहेको थियो।

 

Tags: