post-slider post-slider

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

Image
A A

काठमाडौं- आश्विन शुक्ल पूर्णिमा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

राति १ : १९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ : ११ बजेदेखि सुरू हुने समितिका सदस्यसमेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिएका छन्।

राति २ : ३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले जनाएको छ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ। विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन।

आश्विन शुक्ल चतुर्दशीदेखि कात्तिक कृष्ण प्रतिपदासम्म यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको भट्टराईले बताएका छन्।

सुतक सुरू हुने समय दिउँसो ४ : १९ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ। ग्रहणका बेला, जप, स्नान, ध्यान, पाठलगायतका कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ।

यो चन्द्रग्रहण विसं. २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ।

 

Tags: