post-slider post-slider

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किँदा ११ जना घाइते

Image
A A

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।

आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन्।

घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार सबैको अवस्था सामान्य रहेको छ।

बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिए। ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

Tags: