post-slider post-slider

नेपालसँगको व्यापार सुदृढ बनाउन भारतले बिहारको १० स्थानमा भन्सार कार्यालय स्थापना गर्दै

Image
A A

काठमाडौं- भारत सरकारले नेपालसँग सीमा जोडिएका बिहार राज्यको विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने भएको छ।

नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित भारत सरकारले बिहार राज्यको १० स्थानमा भन्सार कार्यालय स्थापना गर्न लागेको हो।

भारतीय गृहमन्त्री अमित शाहले बिहारका १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका हुन्।

नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने उद्देश्यले भन्सार कार्यालय स्थापनका लागि स्थान पहिचान गरिएको बताएका हुन्।

भारतीय सञ्चारमाध्यम ‘बिजनेस स्ट्यान्डर्ड’ का अनुसार पहिचान गरिएका नयाँ ‘ल्यान्ड कस्टम स्टेसन (एलसिएस)’ ले ट्रान्जिट, भन्सार सेवा, अध्यागमन सेवा र कार्गो ह्यान्डलिङ गर्नेछन्।

यस्तै नेपाल–भारतबीच हुने वस्तु आयात, निर्यात र यात्रुको आवतजावतमा समेत ती कार्यालयले सेवा प्रदान गर्नेछन्।

भारतले नेपाल–भारत सीमा नाकामा थपिन लागेका कूल १९ यस्ता कार्यालय स्थापनाको योजना अघि बढाएको छ।

जसमध्ये १० वटा कार्यालय बिहार राज्यमा मात्रै हुनेछन्। १० कार्यालयहरू बिहारको कृष्णगञ्ज, सितामढी, सुपौल, मधुबनी, पश्चिम चम्पारणलगायतका जिल्लामा स्थापाना हुनेछन्।

गृहमन्त्री शाहले जोगबनी एकीकृत जाँच चौकी नजिक नयाँ भन्सार कार्यालयको शिलान्यास गर्दै यस्तो बताएका हुन्।

उनले ‘ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डिया’ ले नेपाल–भारतबीचको व्यापारमा महत्वपूर्ण भूमिका खेलिरहेको समेत बताए।

 

Tags: