post-slider post-slider

बागलुङ बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

Image
A A

काठमाडौं-  बागलुङमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। मृतक सबैको सनाखत भएको छ।

रुकुमपूर्वबाट काठमाडौं हिँडेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको थियो।

बागलुङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार बस सडकबाट १५० मिटर तल खसेको थियो। सात जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट-१ का २७ वर्षीया विनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी मृत्यु भएको छ।

यसैगरी, मुसिकोट नगरपालिका-३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका छन्। घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाइएको छ। दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

दुर्घटनामा २८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको भने अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा लगिएको छ।

घाइते हुनेहरूमा रुकुमपश्चिम मुसिकोट नगरपालिका-१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका-१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका-१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा-३ का ६५ वर्षीय हर्कबहादुर केसी छन्।

यस्तै, बोतलिवाङ-७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका-१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका-८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ-११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी छन्।

यस्तै, रुकुमपश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय गणेश खड्का, काठमाडौं टोखा नगरपालिका-३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट-३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका-१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट-४ की ४६ वर्षीया विना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी घाइते छन्।

यसैगरी, ३० वर्षीय शशीराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका-३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका-१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका-१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका-२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते छन्।

Tags: