post-slider post-slider

कोसीमा गठबन्धनलाई फेरि धक्का

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेसमा सत्ता गठबन्धनलाई फरि धक्का लागेको छ।

बिहीबार सम्पन्न निर्वाचनमा महिलातर्फ एमालेकी रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई पराजित गर्दै विजयी भएकी हुन्।

कोइराला ५ हजार ८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीकी कार्कीले ४ हजार ९९२ मतमात्र पाएकी छन्।

कोसीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि र ३ जना प्रदेस सांसदले ‘फ्लोर क्रस’ गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन्।

२०७८ मा पनि भएको थियो ‘क्रस फ्लोर’

२०७८ साल माघमा भएको राष्ट्रियसभा सदस्य निर्वाचन पनि कोसी प्रदेसको परिणाममा उलटफेर भएको थियो।

त्यो निर्वाचनमा पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिएर चुनाव लड्दा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो।

गठबन्धनकै केही मतदाताले ‘फ्लोर क्रस’ गरिदिएपछि गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हेमराज राई पराजित भएर एमालेका सोनम ग्याल्जेन शेर्पा निर्वाचित भएका थिए।

त्योबेलाको मतपरिणामअनुसार गठबन्धनतर्फका दुई प्रदेस सांसद र स्थानीय तहका ११ जनप्रतिनिधिले ‘फ्लोर क्रस’ गरेका थिए।

 

Tags: