post-slider post-slider

कर्मचारी कुटपिट प्रकरण : हवाइसेवा ठप्प पार्ने ट्रेड युनिनहरूको चेतावनी

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गर्दै कर्मचारीहरुले देशभरका हवाइसेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

विभिन्न राजनीतिक दलनिकट पाँच ट्रेड युनियहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दैै कर्मचारी कुटपिट घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै यस्तो चेतावनी दिएका हुन्।

ट्रेड युनियनहरुले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न तीन दिनको अल्मिेटम दिएका छन्।

घटनामा संलग्न प्रहरीलाई तीन दिनभित्र कारबाही नभए अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा बन्द गर्ने चेतावनी उनीहरुको छ।

कर्मचारी कुटपिट गर्ने प्रहरीमाथि तीन दिनभित्र कारबाही नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने कर्मचारीहरुले जनाएका छन्।

‘...कालोपट्टी बाँधी सेवा प्रवाह गरिरहेको कार्यक्रमप्रति राष्ट्रियस्तरका ट्रेड युनियनका तर्फबाट समर्थन जनाउँदै उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमनलगायत देशव्यापी रुपमा कार्यालयको सेवा बन्द गर्नेलगायतका आवश्यक आन्दोलनका कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौं,’ गृहमन्त्रीलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।

 

Tags: