post-slider post-slider

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

Image
A A

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो।

यो जितपछि कोलकोताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो। ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ।

 

Tags: