post-slider post-slider

त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु

Image
A A

काठमाडौं, फागुन २३ - त्रिशूली नदीमा बस खस्दा ६ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बसमा सवार ३७ जनाको जीवितै उद्धार गरिएको छ। 

धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुबहाक बस बुधबार बिहान ४:४१ मा त्रिशुली नदीमा खसेको हो। 

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। मृतकमध्ये ५ जना पुरुष र एक महिला रहेकी छिन्।

उद्धारका लागि विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ।

Tags: