post-slider post-slider

बम्जनविरूद्ध उजुरी दिने किशोरीका बुबाको दुर्घटनामा मृत्यु

Image
A A

काठमाडौं- ‘लिटल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनविरूद्ध उजुरी गर्ने किशोरीका बुबाको दुर्घटनामा मृत्यु भएको छ।

बम्जनविरूद्ध सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा किशोरीले यौनशोषणको जाहेरी दिएकी थिइन्।

रौतहटबाट सिन्धुलीको डकाहा जाँदै गरेका ती किशोरीका बुबा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइललाई भिमानमा ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको छ।

मंगलबार साँझ दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

भिमानतर्फ जाँदै गरेको प्रदेस २–०४–००१ ट–००१० नम्बरको ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

बम्जनलाई केही दिनअघि प्रहरीले काठमाडौंको बुढानिलकण्ठस्थित हातिगौडाको उनको निवासबाट पक्राउ गरेको थियो।

ती किशोरीको जाहेरीको आधारमा सर्लाही जिल्ला अदालतमा पेस गरिएका उनलाई पुर्पक्षका लागि कारागारमा राख्न अदातले आदेश दिएको थियो।

बम्जन अहिले मुद्दाका पुर्पक्षका लागि जलेश्वर कारागारमा छन्।

 

Tags: