post-slider post-slider

पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि पहल भइरहेको छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्।

शनिबार पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेस पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

माओवादी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्ने बताउँदै उनले पूर्वमाओवादी शक्तिहरूबीच एकताको पहल भइरहेको उल्लेख गरे।

‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ।

त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,’ प्रचण्डले भने।

सरकारको नेतृत्व लिँदै गर्दा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको उनले बताए।

‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुननिर्माण हुँदैन। यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ,’ प्रचण्डले भने,‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौं। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ।’

 

Tags: