post-slider post-slider

संसदको गतिरोधप्रति राष्ट्रपतिको चासो

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सबै दललाई विश्वासमा लिएर संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ध्यानाकर्षण गराएका छन्।

शुक्रबार भेटवार्ताका लागि शीतल निवास पुगेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिनालाई राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेललाई भेट्न घिमिरे र तिम्लिसिना राष्ट्रपति निवास शीतल निवास पुगेका थिए।

भेटका क्रममा पौडेलले संसदमा जारी गतिरोधप्रति चासो व्यक्त गरेका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले संसदमा जारी गतिरोधप्रति राष्ट्रपतिले चासो व्यक्त गरेको बताए।

लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानुन निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पलहबारे उनले जिज्ञासा राखेका थिए।

 

Tags: