post-slider post-slider

उपप्रधानमन्त्री खड्काको युएई भ्रमण स्थगित

Image
A A

काठमाडौं- उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण स्थगित गरेका छन्।

उनले कात्तिक २७ देखि मंसिर १ गतेसम्मका लागि तय भएको युएईको भ्रमण स्थगित गरेका हुन्।

दुबईमा आयोजना हुन लागेको १८ औं दुबई एयरशो, २०२३ मा भाग लिन युएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युएई जाने कार्यक्रम तय भएको थियो।

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद बैठकले खड्काको युएई भ्रमण स्वीकृत गरेको थियो।

कात्तिक १७ गते मध्यरातमा जाजरकोटमा शक्तिशाली भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले खड्काले भ्रमणको कार्यक्रम स्थगित गरेको रक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

Tags: