post-slider post-slider

तीनकुनेबाट प्रसाईंका समर्थक पक्राउ

Image
A A

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरू तीनकुनेबाट पक्राउ परेका छन्।

प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरू पक्राउ परेका हुन्।

बिहीबार बल्खु क्षेत्रमा आन्दोलन गरेका प्रसाईंं समूहले शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन।

तीनकुने क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ।

 

Tags: