post-slider post-slider

फिफा महिला विश्व कप फुटबल आजदेखि, न्युजिल्यान्ड र नर्वे तथा अस्ट्रेलिया र आयरल्यान्ड खेल्ने

Image
A A

काठमाडौं- फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आजबाट सुरु हुँदैछ। अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज समूह 'ए' को आयोजक न्युजिल्यान्ड र नर्वे खेल्ने छन्। खेल इडेन पार्कमा नेपाली समय अनुसार बेलुका ५ बजे हुनेछ।

यस्तै, आजै समूह 'बी' मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन्। सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समय अनुसार राति ८ बजे हुनेछ। आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन्। फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ।

 

Tags: