post-slider post-slider

सभापतिको कार्यशैली अब सहिँदैन : गगन थापा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको कार्यशैली अब नसहने चेतावनी दिएका छन्।

सभापतिका कारण कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको बताउँदै थापाले अब त्यस्तो कार्यशैली नसहने बताएका हुन्।

‘टुलटुल हेरर बसिन्न्। कांग्रेस बदलिन्छ। संघर्ष गर्ने हो,’ प्रेयस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा थापाले भने।

निर्णय गर्ने पूर्ण अधिकार विधानले सभापतिलाई दिएकाले पनि समस्या भएको उनको भनाइ छ।

महामन्त्री थापाले कांग्रेस सम्मलित सरकारले एकपछि अर्को गलत क्रियाकलाप गरिरहेको जिकिर गरे।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेसमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोष ब्युँताउने कार्य गलत भएको उनले बताए।

पार्टी सभापतिको बलमा सरकारले गरेका निर्णयहरू पछि मात्रै थाहा पाएको उनको भनाइ छ।

नेतृत्वको कार्यशैलीका कारण अहिले कार्यकर्तामा निराशा देखिएको थापाले बताए।

उनले भने,‘वडा, पालिका, प्रदेसमा कांग्रेसले जितेको छ। आजका दिनमा कांग्रेस सबैभन्दा ठूलो राजनीतिक पार्टी हो। साढे चार वर्षपछि हुने चुनाव हार्छौं भन्ने चिन्ता व्यक्त गर्नुभएको छ। साथीहरूले सबै सकियो, गयो गयो भनिरहेको सुन्छु। सबैतिर जितेर पनि किन यस्तो भएको?’

समस्या हल गर्ने र भविष्यको आशा देखाउने विश्वास गुमाएकाले कांग्रेसका कार्यकर्तामा निराशा छाएको थापाले बताए।

महामन्त्री थापाले पार्टीमा परम्परागत गुट सकिएको बताए। पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुटमात्रै रहेको उनको भनाइ छ।

‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ। परिवर्तन नचाहनेलाई कजमोर बनाउँदै जाऔं,’ उनले भने।

 

Tags: