post-slider post-slider

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

Image
A A

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई उनको नक्सालस्थित निवासबाट पक्राउ गरेको हो।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित छन्।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यो मुदा अहिले विशेष अदालतमा विचाराधीन रहेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा सरकारी कागज कीर्तेलगायतका कसुरमा गुरूङको संलग्नता देखिएको बताइएको छ।

यसअघि दायर भएको मुद्दामा समेत प्रतिवादी रहेका गुरूङ विशेष अदालतको आदेशअनुसार २ करोड रूपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

 

Tags: