post-slider post-slider

कांग्रेसले टुंगो लगायो उम्मेदवार

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो।

सत्ता गठबन्धनको भागबन्डा कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १० सिट पाएको हो।

जसअनुसार कोसी प्रदेसमा कृष्णप्रसाद सिटौला (अन्य), मधेसमा आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीमा जीतजंग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी(महिला), गण्डकीमा किरणबाबु श्रेष्ठ(अन्य) र पदमबहादुर परियार (अपाङ्गता÷अल्पसंख्यक), लुम्बिनीमा विष्णुकुमारी सापकोटा (महिला), कर्णालीमा कृष्णबहादुर रोकाया(अन्य), सुदूरपश्चिममा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता / अल्पसंख्यक) रहेका छन्।

 

Tags: