post-slider post-slider

चेक गणराज्यको विश्वविद्यालयमा गोलीबारी हुँदा १५ जनाको मृत्यु

Image
A A

काठमाडौं- चेक गणराज्यको राजधानी प्रागस्थित चाल्र्स विश्वविद्यालयमा गोलीबारी हुँदा १५ जनाको ज्यान गएको छ।

घटनामा गोली प्रहार गर्ने बन्दुकधारी पनि मारिएको बताइएको छ।

आक्रमणका क्रममा आक्रमणकारीले विश्वविद्यालयका कर्मचारीहरूलाई कोठाभित्रै बस्न भनेका थिए।

चेक प्रहरीका अनुसार आक्रमणकारी विश्वविद्यालयको कला संकायका छात्र थिए।

आक्रमणकारीको शव विश्वविद्यालयको कला  संकायभित्रै पाइएको थियो।

प्रहरीका अनुसार यो घटनामा २४ जना घाइते भएका छन्। आक्रमणकारी विदेशमा भएको यस्तैखाले घटनाबाट प्रेरित भएको बताइएको छ।

प्रहरीले यो घटना कुनै अन्तर्राष्ट्रिय आतंकवादी घटनासँग प्रेरित नभएको जनाएको छ।

२४ वर्षीय बन्दुकधारी राजधानी प्रागबाट २१ किलोमिटर टाढा एक गाउँका बासिन्दा रहेको बताइएको छ।

घटनाअघि उनको बुबाको शव बरामद भएको थियो।

 

Tags: