post-slider post-slider

आर्सनलको लगातार दोस्रो जित, युनाइटेड पराजित

Image
A A

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ।

शनिबार सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जितमा लिन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक-एक गोल गरेका थिए।

यो जितपछि आर्सनलले २ खेलमा ६ अंक हासिल गरेको छ भने एस्टन भिल्लाको २ खेलमा ३ अंक रहेको छ।

यस्तै, प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन्स म्यानचेस्टर सिटीले इप्सवीसलाई ४-१ ले पराजित गरेको छ। एर्लिङ हालान्डले ह्याट्रिक गरेको खेलमा पराजित इप्सवीसले सुरुवाती गोल गरेको थियो।

यस्तै, टोटेनह्यामले एभर्टनलाई ४-० गोलले पराजित गरेको छ। वेस्टह्याम युनाइटेडले क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको छ।

यता, एस्टन ब्राइटनसँग म्यानचेस्टर युनाइटेड भने स्तब्ध भएको छ। ब्राइटनले युनाइटेडलाई २-१ गोलले पराजित गरेको थियो।

Tags: