post-slider post-slider

बारामा माछा-भात खाएर सुतेका एकै घरका तीन बालबालिकाको मृत्यु

Image
A A

काठमाडौं- माछा र भात खाएपछि फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

फुड पोइजनबाट सोमबार सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारका तीन जना नाबालक छोराछोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए।

छिमेकी राजदेव रामका अनुसार आइतबार राति चमारका छोरी ९ वर्षीया लालिमा राम,७ वर्षीया पुष्पा राम र ५ वर्षीय छोरा कृष्णनन्दन राम  माछा-भात खाएर सुतेका थिए।

केही समयपछि तीनै जना बालबालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएको थियो। उक्त अस्पतालमा उपचारको क्रममा तीनै जना बालबालिकाको मृत्यु भएको छिमेकी रामले जानकारी दिए।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टि गर्दै मृतक तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताए।

घटनाबारे अनुसन्धान भइरहेको सापकोटाले बताए। 

Tags: