post-slider post-slider

‘भौतिकमन्त्री ज्वालाको आगमनका कारण बालकुमारी घटना असामान्य बन्यो’

Image
A A

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रदर्शन भइरहेको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला त्यही बाटो भएर आउनुले घटना थप असामान्य बनेको श्रेष्ठले बताए।

गृहमन्त्री श्रेष्ठले मन्त्री ज्वालाले आन्दोलनकारीहरूसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको जानकारी दिए।

‘त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यू किन आउनुभयो होला? हाम्रो सुरक्षाकर्मीहरू आर्मीको बडिगार्ड, पिएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो होला। यसले हामीलाई आश्चर्य लागेको छ,’ उनले भने।

 

Tags: