post-slider post-slider

अराजकता सिर्जना गर्ने उद्देश्यले दलहरूमाथि प्रश्न उठाइँदै छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा अराजकता सिर्जना गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको बताएका छन्।

बडादसैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसर पारेर शनिबार नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

उनले मुलुकमा अराजकता फैलाउनेविरूद्ध राजनीतिक दलहरू एक ठाउँमा उभिने तयारी भइरहेको बताए।

‘अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाइँदैछ,’ उनले भने,‘सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको छ।’

आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै राजनीतिक दलहरूका बीचमा समझदारी बनाउने प्रयास गर्दै आएको प्रचण्डले बताए।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रष्ठिा अभिवृद्धि हुने जिकिर गरे।

उनल नेपाल भ्रमणका क्रममा राष्ट्रसंघका महासचिवले जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए।

भारत, अमेरिका र चीनको भ्रमणका क्रममा भएका कूटनीतिक पहलको परिणास्वरूप संयुक्त राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको उनको भनाइ छ।

प्रचण्डले चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्र नभइ देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ सघाउने विश्वास व्यक्त गरे।

बिपी कोइराला जीवितै हुँदा चियापान संस्कृति सुरू गरेको स्मरण गर्दै उनले आपसी एकता र सदभाव वृद्धि गर्न चियापान संस्कृतिले भूमिका खेल्दै आएका बताए।

 

Tags: