post-slider post-slider

कांग्रेस नेता निधि र इजरायली राजदूत गोदेरबीच भेटवार्ता

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटवार्ता भएको छ।

बिहीबार मध्यबानेश्वरस्थित निधि निवासमा नेता निधि र राजदूत गोदेरबीच भेटवार्ता भएको हो।

भेटका क्रममा दुवै जनाबीच नेपाल–इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको निधिको सचिवायलले जनाएको छ।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका नेता निधिसँगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने विषयमा पनि राजदूत गोदेरले छलफल गरेका थिए।

त्यस्तै नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि राजदूत गोदेरलाई धन्यवाद दिँदै नेता निधिले दुई देशबीच भएका सम्झौता शीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।

Tags: