post-slider post-slider

सबैको सहमतिमा संघीयताको सफल कार्यान्वयन हुन्छ – देउवा

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा संघीय व्यवस्थालाई सफलतापूर्व अगाडि बढाइने बताएका छन्।

सोमबार धनुषाको औरहीमा पार्टीका क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘मुलुक संघीयतामा गइसकेको छ, यसलाई सफलपार्ने विषयमा कुराहरू उठिरहेका छन्,’ देउवाले भने,‘सबैको सहमतिमा संघीयता कार्यान्वयन सफल हुन्छ भन्ने मेरो धारणा छ।’

धनुषा क्षेत्र नम्बर २ का दिवंगत सभापति सिंह जुझारू र पार्टीप्रति कटिबद्ध नेता रहेको स्मरण गर्दै देउवाले उनको निधनबाट पार्टीलाई धेरै ठूलो क्षति भएको बताए।

सभापति देउवाले जुनसुकै अप्ठ्यारोमा आफ्नो र पार्टीको तर्फबाट सहयोग गर्न तयार रहेको दिवंगत नेता सिंहको परिवारलाई ढाढ्स दिए।

शालिक अनावरण कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, जिल्ला सभापति योगेन्द्र पंजियारलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

 

Tags: