post-slider post-slider

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Image
A A

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ।

मेलम्ची र इन्द्रावती नदीमा बाढीको  जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको हो।

आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।
 

 

Tags: