post-slider post-slider

मकवानपुरमा बस र्दुघटना, १५ जना घाइते

Image
A A

काठमाडौं- मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा यात्रुवाहक सब दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ।

हेटौंडा–धरान–चतरा सडकअन्तर्गत हेटौंडाको जुइनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरोलामा दुर्घटना भएको हो।

पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्समा राखेर उपचारका लागि हेटौंडा पठाइएको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ।

 

Tags: