post-slider post-slider

राप्ती बस दुर्घटना : १२ जनाको मृत्यु

Image
A A

काठमाडौं- दाङको भालुवाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बस गएराति दुर्घटना भएको हो।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो।

केसीले अहिलेसम्म मृतकमध्ये ४ जनाको सनाखत भएको जानकारी दिए।

नमस्ते यातायातको भे १ ख ३९९२ नम्बरको बस गएराति १०:३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकामध्ये ८ जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Tags: