post-slider post-slider

२ हजार २८ शैया विपन्नको लागि निःशुल्क घोषणा 

Image
A A

 

काठमाडौ। गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्ति र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले पनि विपन्नको लागि शैया निःशुल्क गराउने भएका छन् । विपन्नको लागि निःशुल्क गराएका अस्पतालको शैयाको संख्या २ हजार २८ पुगेको छ ।

सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियान अन्र्तगत शुक्रवारदेखि कान्ति अस्पतालले ६० शैया, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैया, ट्रमा सेन्टरले १५० शैया र शहिद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गर्ने निर्णय गरेका छन् । यसरी अहिले सम्म विपन्नको लागि निःशुल्क घोषणा गरिएका शैयाको संख्या २ हजार २८ पुगेको हो । 

वीर अस्पतालले आफ्ना ७०० शैया र कोशी अस्पतालले ३३० शैया विपन्नको लागि निःशुल्क गरिसकेका छन् । स्वास्थ्य मन्त्री बस्नेतले बिस्तारै देशभरिका केन्द्रिय अस्पतालहरुमा पनि विपन्नको लागि निःशुल्क शैया थप्दै जाने बताए। उनले ती शैयामा उपचार पनि निःशुल्क हुने जानकारी दिए। 

शैया निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केहि बजेट सम्बन्धीत अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले बताए।

निजी अस्पतालहरुलाई  पनि जिम्मेवार बनाउन नियम अनुसार उनीहरुले पनि कुल शैयाको १० प्रतिशत शैया विपन्नको लागि निःशुल्क छुट्याउनु पर्ने नियम पनि कडाईका साथ आफूले लागु गराई रहेको मन्त्री बस्नेतले बताए। 

Tags: