post-slider post-slider

त्रिकोणात्मक श्रृंखला : युएईसँग नेपाल ४ विकेटले पराजित

Image
A A

काठमाडौं- त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपाल युएईसँग ४ विकेटले पराजित भएको छ।

त्रिवि मैदानमा शुक्रबार भएको श्रृंखलाको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको हो।

नेपालले जितका लागि दिएको १६३ रनको लक्ष्य युएईले एक बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो।

युएईका लागि मुहम्मद वासीमले सर्वाधिक ४५ रन बनाए। २२ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै अर्यान्स शर्माले २५, व्रितिया अरविन्दले २६, बासील अहमदले २२, एलिसान सारफूले १३ र अली नसीरले ११ रनको योगदान दिए।

युएईले ६ विकेटको क्षतिमा १६७ रन बनायो।

नेपालका लागि गुल्शन झा र अविनास बोहराले २–२ तथा कुशल मल्लले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाएका थिए। २९ बलको सामना गरेका उनले ६ छौका र ३ छक्का प्रहार गरेका थिए।

युएईविरूद्धको अन्तिम खेलमा भुर्तेलबाहेक नेपालका अरू ब्याटरहरूले उल्लखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रनको योगदान दिएका थिए।

नेपाल र युएईसँग हङकङ सहभागी श्रृंखलामा नेपालले लिग चरणमा सबै खेल जितेर फाइनलसम्मको यात्रा तय गरेको थियो।

युएई चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो।

युएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा युएई फाइनलमा पुगेको हो।

 

 

Tags: