post-slider post-slider

प्रचण्ड र ओलीबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

भेटका क्रममा दुवै नेताबीच प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको बताइएको छ।

संवैधानिक परिषदको बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको जनाइएको छ।

भेटमा संसद सञ्चालन, कोसी प्रदेसमा सरकार गठनलगायतका समसामयिक विषयमासमेत दुवै नेताबीच छलफल भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार गएका थिए।

 

Tags: