post-slider post-slider

नेम्वाङको पार्थिव शरीरलाई दिउँसो १ बजेपछि घरमा राखिने, अन्त्येष्टि भोलि

Image
A A

काठमाडौं– प्रतिनिधि सभा सदस्य एवम्नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसोसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ।

दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उनको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ। घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिनेछ।

भोलि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ। संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। सरकारले शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।

यस्तै, नेम्वाङको निधनको शोकमा आज तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न भोलि ३ बजेलाई अर्को बैठक तोकिएको छ।

पूर्व सभामुख नेम्वाङको हिजो राति हृदयघातका कारण निधन भएको हो। 

 

Tags: