post-slider post-slider

प्रधानमन्त्रीलाई संसद् बैठकमै फटाहा भनेपछि...

Image
A A

काठमाडौँ - प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई फटाहा भनेको भन्दै एक सांसदले नियमापत्ति जनाएकी छन्।

सांसद मेटमणि चौधरी बोल्नुभन्दा अघि ती सांसदले सभामुख देवराज घिमिरेसँग समय मागेर नियमापत्ति जनाएकी हुन्। 

राप्रपाकी सांसद रोशन कार्कीले संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले फटाहा बोलेको बताएकी थिइन्। 'प्रधानमन्त्रीले यहाँ रोस्ट्रममा आएर फटाहा बोल्नुहोलाजस्तो लागेको थिएन। प्रधानमन्त्रीज्युसँग धेरै गुणहरू छन्। तर एउटा फटाहा बोल्ने गुण पनि अहिले अलि थपिएर आएछ,' ती सांसदले भनिन्। 

यसपछि भने उनले प्रधानमन्त्री प्रचण्डले अघिल्लो दिन संसदमा बोलेको विषयहरू बताएकी थिइन्। 

 

Tags: