post-slider post-slider

कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

Image
A A

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले कोसी प्रदेसका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ।

१ कात्तिकमा विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको हो।

नेकपा माओवादी केन्द्रका प्रदेस अध्यक्ष हर्कबहादुर नेम्वाङले मुख्यमन्त्री कार्कीलाई पार्टीले विश्वासको मत दिने बताएका छन्।

कोसी प्रदेससभामा माओवादी केन्द्रका १३ सांसद छन्।

नेपाली कांग्रेसका सांसद कार्की कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

आइतबार सपथग्रहण गरेका उनी तत्काल विश्वासको मत लिने तयारी गरेका हुन्।

एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेपछि कार्कीलाई ‘ब्याक’ हुन कांग्रेस सभापति शेरबहादुर देउवाले दाबाब दिएका थिए।

तर, उनले पाटीभित्र विद्रोह गरेर कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए।

एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेर सपथ लिएपछि उनी विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा प्रदेस मध्यावधि निर्वाचनमा जाने जोखिम रहेकाले प्रदेस सांसदहरूको दबाबमा उनले विश्वासको मत लिन बाध्य भएको बताइएको छ।

प्रदेससभा जोगाउन र मध्यावधि निर्वाचन रोक्न आफूले विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको कार्कीले बताएका थिए।

 

Tags: