post-slider post-slider

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

Image
A A

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ।

निर्वाचनको पूर्वकार्यक्रमअनुसार आयोगले आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले माघ ११ गते हुने निर्वाचनका लागि सातवटै प्रदेसको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको जानकारी दिए।

आयोगले प्रकाशित गरेको नामावलीअनुसार कोसीमा ९३, मधेसमा १०७, बागमतीमा ११०, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ४० र सुदूरपश्चिममा ५२ गरी कुल मतदाता संख्या ५४९ रहेको छ।

राष्ट्रियसभा निर्वाचनका लागि कुल मतभार ५७ हजार ५५९ रहेको आयोगले जनाएको छ।

Tags: