post-slider post-slider

भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो

Image
A A

काठमाडौं- भारतको निर्यात दरमा वृद्धि भएको छ।

त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर महिनामा निर्यातमा वृद्धि भएको पाइएको हो।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा भारतको समग्र निर्यात करिब ६२.५८ अर्ब अमेरिकी डलर रहेको छ।

यो गत वर्षको तुलनामा १.२३ प्रतिशतले बढेको हो। गत वर्षको सोही अवधिमा १४ अर्ब ३६ करोड डलरको तुलनामा अप्रिलदेखि नोभेम्बरसम्ममा विद्युतीय वस्तुको निर्यात २३.५६ प्रतिशतले बढेर १७ अर्ब ७४ करोड डलर पुगेको छ।

यसैबीच अप्रिलदेखि नोभेम्बरसम्मको समग्र व्यापार घाटा गत वर्षको १०० अर्ब ३८ करोड डलरको तुलनामा यस वर्षको सोही महिनामा ३८.७९ प्रतिशतले बढेर ६१ अर्ब ४४ करोड डलर पुगेको छ।

व्यापार घाटा पनि अप्रिल–नोभेम्बर २०२२ को १८१.२१ बिलियन डलरबाट सन् २०२३ को अप्रिल–नोभेम्बरमा १६६.३५ बिलियन डलर पुगेको छ।

 

Tags: