post-slider post-slider

नाउपाका अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले गर्‍यो अस्वीकार

Image

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टी नाउपाले टीकापुरमा महाधिवेशन गरेर रेशम चौधरीलाई सर्वसम्मत अध्यक्ष बनाए पनि निर्वाचन आयोगले यसलाई अस्वीकार गरेको छ। ्

आयोगले नाउपाको अध्यक्षमा चौधरीको नाम अद्यावधिक गर्न नमानेको हो। 

उक्त पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा महाधिवेशन गरेको थियो। जसबाट चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो। 

उक्त निवेदनमाथि निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको छ।

निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन्।

कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए।

कारागारमै रहेका बेला आफ्नो सक्रियतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन गरेर रेशमले आफैं अध्यक्ष बनेका थिए। 

Tags: