post-slider post-slider

अध्यक्ष प्रचण्डले नभ्याएपछि सर्‍यो माओवादी बैठक

Image
A A

काठमाडौँ – बिहीबारदेखि चलेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण शुक्रबार पुनः बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको हो।

रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, सांगठनिक कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो। उपाध्यक्ष अग्नि सापकोटाले स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने जानकारी दिए।

आजको बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो। हिजो बसेको बैठकले तीन महिने रुपान्तरण अभियानका क्रममा उत्कृष्ट काम गर्ने र नगर्ने तीन तीन जनाको नाम पठाउनका दशवटै प्रदेशका इन्चार्जलाई निर्देशन दिएको थियो। आज उक्त सूची पेस गर्ने कार्यसूची थियो।

Tags: