post-slider post-slider

सुनको मूल्य हालसम्मकै उच्च

Image
A A

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आइतबार सुन तोलामा १७ सयले बढेपछि आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Tags: