post-slider post-slider

पेप्सीकोलाबाट चार क्वीन्टल रक्तचन्दनसहित दुई जना पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले काठमाडौंबाट रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पलेफी गाउँपालिका-८ घर भई काठमाडौं-२ पेप्सीकोला बस्ने ४० वर्षीय ज्ञानबहादुर तिमल्सिना र काठमाडौं-१४ कलंकी बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन्।

उनीहरूलाई पेप्सीकद्यवास्थित डेराबाट माघ १ गते पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार माघ १ गते राति ९ बजे पेप्सीकोलास्थित तिमल्सिनाको डेराबाट प्रहरीले रक्तचन्दनको २९ गोलिया बरामद गरेको छ।

उक्त गोलियाको तौल ४३१ किलो रहेको आचार्यले बताए। उक्त चन्दन उनीहरूले कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रहरीले चन्दनसहित पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय हात्तीसार पठाएको छ।

Tags: