post-slider post-slider

मुगु जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो

Image
A A

काठमाडौं- मुगुमा सोमबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। 

मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दि। ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, प्रकाश बोहोरा र पीयूष परियार रहेका छन्।

घाइते हुनेमा मुगुको सोरु गाउँपालिका–७ सिप गाउँका जीप चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोरु–५ का वडासदस्य लोकजङ्ग नेपाली, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा छन्।

सोमबार बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको ग१ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो।

 

Tags: