post-slider post-slider

एकाउन्टेट्स र सेमिक्वालिफाइड सिएका लागि इन्टरफेसको नयाँ कार्यक्रम

Image
A A

काठमाडौं- नेपालका अर्धदक्षीत सिएहरूले अमेरिकामा अध्ययन गर्ने अवसर पाउने भएका छन्।

अर्धदक्षित सिएहरूले अमेरिकामा लेखातर्फ स्नातकोत्तर र सिपिए अध्ययन गर्ने अवसर पाउने भएका हुन्।

त्यस्तै स्नातक अध्ययन गरेर लेखातर्फ काम गरिरहेकाहरू पनि स्नताकोत्तर र सिपिए अध्ययनका लागि अमेरिका जान पाउने भएका छन्।

इन्टरफेस र माइल्स एजुकेसनको सहकार्यमा राजधानीमा सम्मपन्न अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो।

इन्टरफेस एजुकेसनकी सञ्चालिका कविता शाहले नेपालमा लेखातर्फ काम गरिरहेका व्यक्तिहरूका लागि यो सुनौलो अवसर रहेको बताइन्।

उनले यसअघि विशेषगरी अस्ट्रेलियाका लागि विद्यार्थी पठाउन परामर्श गर्दै आइरहेको इन्टरफेस एजुकेसनले अब अमेरिकाका लागि पनि परामर्शदाताको रूपमा काम सुरू गरेको जानकारी दिइन्।

नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले इन्टरफेस एजुकेसन विश्वासिलो र लामो इतिहास भएको संस्था रहेको बताउँदै यसले ल्याएको कार्यक्रम उत्पादनमूलक रहेको उल्लेख गरे।

इन्टरफेसले ल्याएको यो शैक्षिक कार्यक्रमको स्वामित्व परामर्श संघले लिने उनले बताए।

नेपाल चार्टड एकाउन्टेट संस्था (आइक्यान) का अध्यक्ष सुजनकुमार काफ्लेले सिए अनुभवप्राप्तहरूलाई इन्टरफेसको सहकार्यमा अमेरिकामा ग्राजुएट गर्ने अवसर उपलब्ध गराएकाले इन्टरफेसको स्वागत गरे।

यो कोर्सले डिग्री र सिप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आइक्यानले प्रवद्र्धन गर्ने उल्लेख गरे।

अमेरिकामा यो कोर्सको अध्ययन गरिसकेकी माइल्स एजुकेसनकी जेनिफरले सिपिएबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइन्।

उनले यो कोर्स अध्ययन गर्न जिआरई, जिम्याटजस्ता परीक्षा दिनु नपर्ने बताइन्।

यो कोर्स अध्ययनका क्रममा विद्यार्थीहरूका लागि जागिरको पनि पर्याप्त अवसर रहेको उनको भनाइ थियो।

 

Tags: