post-slider post-slider

बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा

Image
A A

काठमाडौं- आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन्। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन्।

यस खेलमा आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले एक-एक गोल गरेका थिए भने लिभरपुलका लागि भिर्गिल भान डाइक र मोहमद सलाहले एक-एक गोल गरेका थिए।

यो बराबरीको फाइदा भने म्यानचेस्टर सिटीलाई भएको छ। लिभरपुल बराबरीमा रोकिएसँगै सिटी लिगको शीर्ष स्थानमा कायम रहेको छ। सिटीको ९ खेलमा २३ अंक रहेको छ।

त्यस्तै, यो बराबरीपछि लिभरपुलको ९ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। आर्सनलको ९ खेलमा १८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।

यस्तै, म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

वेस्ट ह्यामको जितमा क्राइसेनसियो र जारोड बोवेनले एक-एक गोल गरेका थिए। त्यस्तै, म्यानचेस्टर युनाइटेडका लागि क्यासेमिरोले एक गोल गरेका थिए।

यस खेलमा खेलको ९२औं मिनेटमा वेस्ट ह्यामले पाएको पेनाल्टीबारे विवाद भएको छ। भार रिभ्युले पेनाल्टी दिएपछि म्यानचेस्टर युनाइटेडले हार व्यहोरेको थियो।

यो जितपछि वेस्टह्यामको ९ खेलमा ११ अंक भएको छ र लिगमा १३औं स्थानमा छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले भने यस सिजनमा चौथो हार बेहोरेको छ । ९ खेलमा ११ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा १४औ स्थानमा रहेको छ ।   

Tags: