post-slider post-slider

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो।

उनी हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन्।

यसअघि सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

उनी विश्व राजनीति, अन्तर्राष्ट्रि सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार हुन्।

सापकोटाले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका छन्।

हालै प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सापकोटालाई परराष्ट्रविदका रूपमा सामेल गराइएको थियो।

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा नियुक्त भएका सापकोटा पूर्वसभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन्।

 

Tags: