post-slider post-slider

सांसद बजगाईंले मन्त्री पाण्डेसँग मागे माफी

Image
A A

काठमाडौं - नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटन मन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्।

सांसद बजगाईंले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिँदा करोडौं कमिसन खाएको आरोप लगाएपछि उनलाई पार्टीले स्पष्टीकरण सोध्दै प्रमाण मागेको थियो।

बजगाईंले सामाजिक सञ्जाल एक्समार्फत् माफी माग्दै लेखेका छन्, 'सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो। मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ। त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु। टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु।'

बजगाईंले आरोप लगाएपछि मन्त्री पाण्डेले उनीविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए।

Tags: