post-slider post-slider

विभिन्न स्थानमा ४ जनाको शव फेला

Image
A A

काठमाडौँ । विभिन्न स्थानमा ४ जनाको शव फेला परेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुलीको तीनपाटन गाउँपालिका-९ बर्मेली खोलामा सोही गाउँपालिका-९ बतासेडाँडा बस्ने ७९ वर्षीय टंकमान कामी सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र बजारस्थित टंक मगरको घरमा हाल वतन नखुलेका अन्दाजी ५० वर्षीय राजु माझी नाम गरेका व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

पर्साको वीरगंज महानगरपालिका-१७ अलौस्थित पोखरीमा पनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ शिवनगरस्थित सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

Tags: