post-slider post-slider

विदेशिने क्रम बढेकोमा राष्ट्रपतिको चिन्ता

Image
A A

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

तनहुँको भानु नगरपालिकास्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने अवस्था रहेको गुनासोसमेत गरे।

पौडेलले भने, ‘अबका दुईचार वर्षमा यी सबै गाउँहरूमा कालोपत्रे सडक पु¥याउन हामी लागेका छौं। म भन्छु, त्यो पनि पूरा गरिन्छ। तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन्? विदेशी मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने हाम्रो हालत छ। आखिर किन भयो यस्तो? यो प्रश्न आफैंसँग गरिरहेको छु। उत्तर पनि मसँगै छ। गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था बनेन।’

उनले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलयान भएको उल्लेख गरे।

 

Tags: