मध्य प्रदेसको महाकालेश्वर मन्दिरमा प्रचण्डको पूजा
काठमाडौं - चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेसको उज्जैन पुगेका छन्।
उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजा गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन्।
महाकालेश्वर मन्दिरमा पूजा गरेका प्रचण्डले १०८ किलोग्राम रुद्राक्षसमेत चढाएका छन्।
प्रधानमनत्री प्रचण्ड शुत्रबार मध्याह्न मध्य प्रदेसको इन्दौर पुगेका थिए। इन्दौर विमानस्थलमा उनलाई मध्य प्रदेसका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट मध्य प्रदेसको धार्मिक सहर उज्जैन पुगेका हुन्।
उज्जैनबाट फर्किएर प्रधानमन्त्री प्रचण्ड इन्दौरको मेरियट होटलमा बस्नेछन्।
त्यहाँ उनीसँग मध्य प्रदेसका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन्।
मध्य प्रदेसका मुख्यमन्त्री चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन्।
प्रधानमन्त्री प्रचण्डको शनिबार स्वदेश फर्किने कार्यक्रम छ।