post-slider post-slider

भारतीय कांग्रेस सांसद जोडिएको एक कम्पनीमा छापा, ३५१ करोड नगद बराम

Image
A A

काठमाडौं- भारतको एक कांग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको एक डिस्टिलरी कम्पनीमा आयकर विभागले छापामारी गरेर ३५१ करोड भारतीय रूपैयाँ बरामद गरेको छ।

बौध डिस्टिलरी प्राइभेट लिमिटेडमा आयकर विभागले छापा हानेर यो परिणामको नगद बरामद गरेको हो।

समाचार एजेन्सी पिटिआइले यो जानकारी दिएको हो।

यो कुनै पनि जाँच एजेन्सीको तर्फबाट भएको कारबाहीमा बरामद भएको अहिलेसम्मकै सबैभन्दा बढी नगद रहेको बताइएको छ।

आयकर विभागले छापा हानेको डिस्टिलरी झारखन्डबाट कांग्रेसको राज्यसभा सांसद धीरज साहूको परिवारसँग सम्बन्धित रहेको छ।

कर छलीको आरोपमा आयकर विभागका अधिकारीहरूले ६ डिसेम्बरदेखि छापमामारी सुरू गरेको थियो।

नगद गन्तीका लागि आयकर विभाग र अन्य विभिन्न बैंकका लगभग ८० जनालाई लगाइएको थियो।

बरामद रकम ओसार्नका लागि दुई सय थान झोला र ट्रक प्रयोग गरिएको थियो।

 

Tags: